Logo

बिहिवार, श्रावण १४ गते २०८३

स्कुटरमा ५ अफर, ब्याट्री भाडामा लिँदा यस्तो छ शुल्क

स्कुटरमा ५ अफर, ब्याट्री भाडामा लिँदा यस्तो छ शुल्क

जोईन खबर

४, जेठ २०८०
  • 643
    SHARES
  • स्कुटरमा ५ अफर, ब्याट्री भाडामा लिँदा यस्तो छ शुल्क

    ४ जेठ काठमाडौँ। सेगवे नेपाली अटोमोबाइल बजारमा लोकप्रियता कमाइरहेको विद्युतीय सवारी हो । ‘सेगवे नाइनबट’को नेपालका लागि आधिकारिक बिक्रेता आइहब प्रालिले नेपाल ल्याएको सेगवेका स्कुटरमा विभिन्न स्कीम पाउन सकिन्छ ।बजारमा सेगवेका ‘एन१००’, ‘ई१००’, ‘ई१००एल’ र ‘ई१२५’ मोडेल उपलब्ध छन् ।

    images

    ब्याट्री स्वाइप : ब्याट्री स्वाइप सुविधा नेपाल ल्याउने सेग्वे पहिलो ब्राण्ड हो । यस सेवामा ग्राहकले सेगवेको सर्भिस सेन्टरबाट डिस्चार्ज भएको ब्याट्रीलाई पूर्ण चार्ज गरिएको ब्याट्रीसँग स्वाइप गर्न सक्छन् । 

    भाडामा ब्याट्री : टाढाको यात्रा गर्ने ग्राहकका लागि सेगवेले भाडामा ब्याट्री उपलब्ध गराउने गरेको छ । य ब्याट्री भाडामा लिन ग्राहकले सेक्युरिटी चेक जम्मा गर्नुपर्ने हुन्छ, जुन ग्राहकले ब्याट्री फिर्ता गरेपछि फिर्ता हुन्छ । यसको शुल्क भने न्यूनतम १७५ रुपैयाँ लाग्छ ।

    अन रोड सहायता : सेगवेले उपत्यकाको कुनै ठाउँमा स्कुटरले काम नगरेको खण्डमा वा बिग्रिएको खण्डमा सेवा दिने जनाएको छ । 

    पोर्टेबल ब्याट्री : सेगवेको ब्याट्री बोक्न सजिलो र जहाँ पनि चार्ज गर्न सकिने किसिमको छ । 

    एक्सचेन्ज सुविधा : ग्राहकले कुनै पनि ब्राण्डको साधनसँग सेगवेका स्कुटर एक्सचेन्ज गर्दा १५ हजार अतिरिक्त रहम पाउने छन् ।

    सेगवेका स्कुटरमा किलेस सिस्टम उपलब्ध छ ।एउटाले स्कुटरलाई अन/अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्छ । सजिलो ह्यान्डलिङ फिचरका कारण पनि यसले अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको कम्पनीको भनाइ छ ।

     

    प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - १३:०८:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको