Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्ड र मदन हत्याकाण्डको नयाँ तरिका बाट छानबिन हुनुपर्छ !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्ड र मदन हत्याकाण्डको नयाँ तरिका बाट छानबिन हुनुपर्छ !

जोईन खबर

४, जेठ २०८०
  • 601
    SHARES
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्ड र  मदन हत्याकाण्डको नयाँ तरिका बाट छानबिन हुनुपर्छ !

    दरबार हत्याकाण्ड, मदन आश्रित हत्याकाण्डको समेत नयाँ तरिकाले छानबिन हुन जरुरी रहेको  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थीलाई मात्रै सरकारले ध्यान दिएको छ कि ? भन्ने प्रचार गरिएको छ । तर अहिलेको सरकारले यो मुद्दा मात्रै होइन, अन्य तमाम विगतका ठूलाठूला विवादका घटना छानबीन गर्ने, सम्पत्ति सुद्धिकरण, राजस्वका ठूलाठूला चलखेल, पूँजि बजारका ठूला ठूला सेटिंग भत्काउन शूरु भइसकेको छ । भ्रष्टाचार विकृति विसंगतिविरुद्ध नयाँ अभियान सञ्चालन गर्ने अवसर छ ।

    images

    प्रधानमन्त्री प्रचण्डले सबै प्रकारका अनियमितता र भ्रष्टाचारजन्य कार्यहरूको अधिकारप्राप्त निकायहरूबाट छानविन गरी टुङ्गोमा पुयाउन यो सरकार प्रतिबघता व्यक्त गरे। उनले भ्रष्टाचार नियन्त्रणसम्बन्धी विद्यमान ऐन कानुनमा संशोधन गरी सुशासन कायम गर्न आवश्यक पहलकदमी लिने बताए। 

    नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाउने संगठित अपराधका बारेमा सरकार दृढ छ। कसैप्रति पनि आग्रह पूर्वाग्रह राखिने छैन, कुनै पनि अपराधीलाई छुट दिइने छैन। यो घटना अब कुनै पार्टी विशेषको, सरकार विशेषको, नेता विशेषको मात्र रहेको छैन । यो आम जनताको विषय भइसकको छ । राष्टिय मात्र होइन अन्तराष्टिय भइसकेको छ ।

    डाकु शिविरमा भ्रष्टाचारको कुरा कपोलकल्पित र पूर्वाग्रही भएको बताए।कसैले उजुरी दिएर त्यसको छानबीनका आधारमा दोषी ठहरे म जेल जान तयार छु। क्यान्टोनमेन्ट मात्रै किन ?  आउनुस्, साझा संकल्प गरौँ २०४७ साल यताका सबै भ्रष्टाचार काण्ड र उच्च पदस्थहरुको सम्पत्ति छानबीन गरौँ प्रधानमन्त्री प्रचण्डले बताउनु भयो।

    प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - १५:२६:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको