Logo

बिहिवार, श्रावण १४ गते २०८३

के लाइसेन्सको अवधि समाप्त हुने भएपछि एनसेलले नेपालमा लगानी गर्न छोडेको हो ?

के लाइसेन्सको अवधि समाप्त हुने भएपछि एनसेलले नेपालमा लगानी गर्न छोडेको हो ?

जोईन खबर

४, जेठ २०८०
  • 718
    SHARES
  • के लाइसेन्सको अवधि समाप्त हुने भएपछि एनसेलले नेपालमा लगानी गर्न छोडेको हो ?

    ४ जेठ काठमाडौँ। एनसेलको लाइसेन्स अवधि समाप्त हुने भएपछि एनसेलले लगानी गर्न छोडेको नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भेषराज कणेलले बताए । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) दिवस तथा सूचना समाज दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो प्रश्न उठाएका हुन् ।

    images

    लाइसेन्स अवधि समाप्त भएपछि सबै सम्पत्ति र पूर्वाधार छोडेर जानुपर्ने अवस्थामा थप लगानी किन गर्ने भन्ने अवस्थामा एनसेल पुगेको कँडेलको टिप्पणी थियो । प्राधिकरणका उपनिर्देशक डा. प्रदीप पौड्यालले समेत प्राधिकरणको रेकर्ड हेर्दा कम्पनीले पहिले जस्तो उपकरण आयात नगरेको अवस्थामा पूर्वाधार निर्माण र लगानी कार्य नभइरहेको विषयमा नै जोड दिए ।

    एनसेलका प्रमुख सूचना अधिकारी विशाल उपाध्यायले पछिल्लो समय लगानी नगरेको भन्ने विषय सही नभएको बताए । उनले भने, “लगानी टावरमा मात्रै हुँदैन, डेटा सेन्टर र आईटी इकोसिस्टम विकासको क्षेत्रमा कम्पनीले लगानी गरिरहेको छ ।

    प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - १५:४८:२८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको