Logo

बिहिवार, श्रावण १४ गते २०८३

डेढ करोड रुपैयाँ छुट्याइयो कोशी प्रदेशसभाका सांसदलाई ल्यापटप बाँडिने !

डेढ करोड रुपैयाँ छुट्याइयो कोशी प्रदेशसभाका सांसदलाई ल्यापटप बाँडिने !

जोईन खबर

४, जेठ २०८०
  • 664
    SHARES
  • डेढ करोड रुपैयाँ छुट्याइयो कोशी प्रदेशसभाका सांसदलाई ल्यापटप बाँडिने !

    ४ जेठ काठमाडौँ। कोशी प्रदेश सभाका हरेक सदस्यलाई एक-एक थान ल्यापटप वितरण गर्ने भएको छ ।  कोशी प्रदेश सरकारले प्रदेशसभाका ९३ सदस्य र सात समितिका सचिवका लागि प्रदेश सरकारले कूल १०० थान ल्यापटप वितरण गर्न लागेकाे हाे ।आर्थिक मामिला मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे पहलमा काेसी प्रदेशसभा सचिवालयलाई​ डेढ कराेड रुपैयाँ छुट्याइएकाे हाे ।

    images

    प्रदेशसभालाई ई-लेजिस्लेसनमा लाने विषय नीति तथा कार्यक्रममा परेको थियो । टेकपानासँग कुरा गर्दै प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले भने।

    पराजुलीका अनुसार ल्यापटप खरिद प्रक्रिया अगाडि बढिसकेको छ । ल्यापटप पाएपछि सांसदले प्रदेशसभा बैठकको जानकारी, कार्यसूची, विधेयक लगायतका बारेमा अनलाइन माध्यमबाट जानकारी पाउने उनले बताए ।

    प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - १६:०१:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको