Logo

बिहिवार, श्रावण १४ गते २०८३

गाडी सुविधा र भत्ताको खर्च कटौती थाल्यो : विद्युत प्राधिकरण

गाडी सुविधा र भत्ताको खर्च कटौती थाल्यो : विद्युत प्राधिकरण

जोईन खबर

४, जेठ २०८०
  • 640
    SHARES
  • गाडी सुविधा र भत्ताको खर्च कटौती थाल्यो : विद्युत प्राधिकरण

    ४ जेठ काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले आफ्ना चालु खर्चहरुमा कटौती थालेको छ । प्राधिकरणले प्रधान कार्यालय परिसरभित्र रहेका कार्यालयहरु निर्देशनालय र विभागमा विविध शीर्षकहरुमा हुने खर्च कटौती गर्न विभिन्न निर्णयहरु गरेको छ ।

    images

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत २८ वैशाखमा परिपत्र जारी गर्दै मुलुकको अर्थतन्त्रमा आएको शिथिलतासँगै प्राधिकरणमा समेत विविध शीर्षकहरुमा हुने खर्च कटौती गर्दै नियन्त्रण गर्नुपर्ने देखिएको बताएका छन् । १० तहभन्दा माथिका कर्मचारीले मात्र गाडी सुविधा व्यवस्था भएता पनि दबाब र पहुँचका आधारमा त्यसभन्दा तल्लो तहका कर्मचारीहरुले समेत गाडी सुविधा पाइरहेको प्राधिकरणका एक कर्मचारीले बताए ।

    सार्वजनिक विदाको दिन कार्यकारी निर्देशकको सिफारिसमा मात्र सार्वजनिक विदाका दिन सवारी अनुमतिपत्र लिने व्यवस्था गरिएको छ।प्राधिकरण परिसरभित्र रहेका कार्यालयहरुमा काम गर्ने कर्मचारीलाई २५ प्रतिशत अतिरिक्त भत्ताको व्यवस्था छ ।  कर्मचारीहरु २१ दिनको हाजिर नपुग्ने अवस्थामा भत्ता खानाकै लागि काज हाजिर लिने गरेको प्रशासन निर्देशनालयका एक अधिकारीले बताए ।

    प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - १६:२०:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको