Logo

बिहिवार, श्रावण १४ गते २०८३

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई वैदेशिक रोजगार व्यावसायीका समस्या समाधानका लागि ज्ञापनपत्र !

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई वैदेशिक रोजगार व्यावसायीका समस्या समाधानका लागि ज्ञापनपत्र !

जोईन खबर

४, जेठ २०८०
  • 604
    SHARES
  • गृहमन्त्री  नारायणकाजी श्रेष्ठलाई वैदेशिक रोजगार व्यावसायीका समस्या समाधानका लागि ज्ञापनपत्र !

    ४ जेठ काठमाडौ। वैदेशिक रोजगार व्यावसायी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।वैदेशिक रोजगार व्यावसायी गणतान्त्रिक मञ्चले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको हो ।

    images

    वैदेशिक रोजगार ऐन २०६४ ले तोकिएको धरौटी राखी वैदेशिक रोजगार विभागबाट ईजाजतपत्र प्राप्त मेनपावर कम्पनीहरुलाई मात्र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कामदार पठाउन पाउने व्यवस्था छ । हाल २ करोड देखी ६ करोड लगानी गरेका करिब ९ सय व्यवसायी क्रियाशील रहेका छन् ।

    विदेशमा रोजगारीको पूर्ण प्रत्याभूति नभई आकर्षक प्रलोभनमा युवायुवतीलाई विदेश पठाउँदा उनीहरुले रोजगारी नपाउने र ती मुलुकमा प्राकृतिक विपत्ति वा राजनीतिक वा सामाजिक विश्रृंखलता उत्पन्न भएमा मुलुकले उनीहरुलाई सकुशल स्वदेश फर्काउन समस्या पर्ने भएकाले यसतर्फ ध्यान दिन आग्रह गरिएको हो ।

    kk.webp

    वैदेशिक रोजगारमा कामदार पठाउँदा व्यवसायीले लिन पाउने सेवा शुल्क अव्यवहारिक भएको भन्दै त्यसको समाधानमा लागि आग्रह गरिएको छ ।कामदार पठाउँदा १० हजार रुपैयाँ शुल्क लिनुपर्ने व्यवस्थाले गर्दा श्रमिक ठगिने गरेको भन्दै मन्चले त्यसलाई सच्याउनुपर्ने माग गरेको छ । 

    k.jpg 

    प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - १७:०१:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको