४ जेठ काठमाडौँ।प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमाले सांसद रघुजी पन्त र कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले गरेका प्रश्नको जवाफ दिने क्रममा दाहालले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरा एजेन्डामा पर्छ कि पर्दैन भन्ने प्रश्न सांसद पन्त र बडूले गरेका थिए ।हाम्रो एक इन्च जमिन पनि छोड्न सक्दैनौं, हामीलाई छिमेकीको एक इन्च जमिन चाहिँदैन । यो नीति अन्तर्गत हामी नेपालका सबै राजनीतिक दलहरू र यो सम्मानित सदन सबै हामी एकमत नै छौं ।
मान्यताभित्र रहेर नै भारत सरकारसँग कुराकानी हुन्छ,' उनले भने, 'नेपाल आफ्नो एक इन्च भूमि पनि अन्य राष्ट्रलाई नदिने र अरु राष्ट्रको नलिने सिद्धान्तमा अडिग छ । यसै सिद्धान्तमा रहेर छिमेकीसँग सम्बन्ध कायम गर्न नेपाल प्रयत्नशील रहेको छ । मेरो निकट भविष्यमा हुने भारत भ्रमण पनि नेपालको बृहत्तर हित अभिवृद्धि गर्ने कार्यमा केन्द्रित रहने विश्वास म व्यक्त गर्न चाहन्छु ।'
नेपाल-भारतबीचका विभिन्न विवादका सम्बन्धमा दुई देशबीच गठन भएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन बुझ्ने विषयमा पनि विषय राखिने प्रधानमन्त्री दाहालले बताए । भारतले बुझ्ने कि नबुझ्ने भन्ने कुरा भ्रमणमा गएपछि नै थाहा हुने उनले बताए । 'इपीजी रिपोर्ट बुझ्ने वा नबुझ्ने वा देशभित्र आएपछि के हुन्छ भन्ने कुरा भारत भ्रमणमा गएर कुरा गरिसके पछिको परिस्थितिमा मात्रै भन्न सकिन्छ । नेपाल भारत सम्बन्धका विविध पक्षहरूलाई समसामयिक बनाउने कार्यमा कूटनीतिक पहल जारी रहेको छ ।'