५ जेठ काठमाडौं । सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सो नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो। नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ। बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ।