Logo

बिहिवार, श्रावण १४ गते २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट सुन जस्तो देखिने धातुसहित २ जनापक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट सुन जस्तो देखिने धातुसहित २ जनापक्राउ

जोईन खबर

५, जेठ २०८०
  • 646
    SHARES
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन  गेटबाट सुन जस्तो देखिने धातुसहित २ जनापक्राउ

    ५ जेस काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छलि लैजान लागेको जम्मा १ सय ८४ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो रंगको धातुसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका-७ वतन भएकी ४० वर्षीया शोभा विश्‍वकर्मा र रामेछाप, रामेछाप नगरपालिका-५ रामपुर वतन भएकी २९ वर्षीया सरिता श्रेष्ठ रहेका छन् । 

    हिमालय एयरलाईन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएकी शोभा विश्‍वकर्मालाई १ सय ४ ग्राम तौलको बेरुवा औठी १ थान, ब्रासलेट १ थान, सिक्री १ थान र लकेट २ थान तथा सरिता श्रेष्ठलाई जम्मा ८० ग्राम तौलको सिक्री १ थान र बेरुवा औठी १ थानसहित फेला पारी पक्राउ गरेको हो । 

     

    प्रकाशित मिति :जेठ ५, २०८० शुक्रवार - १६:०४:४७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको