५ जेस काठमाडौ । देशबासी भ्रष्टाचारविरुद्ध सडक तताईरहेकै बेला मेयर साहले सामाजिक सञ्जाल फेसबुकबाटै भ्रष्टचारको विरोध गरेका छन् । मेयर साहले देशव्यापी रुपमा भ्रष्टाचारविरुद्ध गरिएको सडक प्रदर्शनलाई नाटकको संज्ञा दिएका छन् ।
सरकारले भ्रष्टाचारविरुद्धको फाइल’खोल्न सुरु गरे पनि कार्वाही हुने कुरामा आशंका व्यक्त गरेका छन् । सडक नाटक धेरै देखी सक्यो हाम्ले ।बालेन साहले तपाईहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन सिधै कार्वाही गर्नलाई हो ।सिधै लगेर बागमतीमा चोपल्नुस् सञ्जाल बालेन साहले लेखेका छन् ।