७ जेठ काठमाडौं। गाेरखाकाे शहिद लखन गाँउपालिका वडा नं. ७ मा रहेको बुङ्कोट स्वास्थ्य चौकीमा आगाेलागि भएको हाे । आज आइतबार बिहान करिब साढे चार बजेतिर बिद्युतको लाईन सट भई ठूलो आगलागी सुरु भएको कुरा स्थानीय मनोज श्रेष्ठले जानकारी दिनुभयो ।
मनोज श्रेष्ठका अनुसार वडा नं. ७ र ८ बुङ्कोटका स्थानीय बासिन्दाहरु र गाऊपालीका अध्क्षय ज्यू, जनप्रतिनिधी, कर्मचारी, नेपाली सेना श्री रिपुमर्दन गण गोरखा, सशस्त्र प्रहरी बल गोरखा, नेपाल प्रहरी एवं रेडक्रस सोसाईटीका प्रतिनिधीहरुको पहलकदमीमा ६ः३० बजे आगो नियन्त्रणमा आएको छ। आगोलागी बाट माथिल्लो तलाको कोठाहरु र त्यस भित्र रहेको सम्पुर्ण कागज पत्र,औषधी र सामाग्रीहरु पुर्ण रुपमा क्षेति भएको भन्ने जनाकारी स्थानीय मनाेज श्रेष्ठले बताउनु भयाे । त्यसकाे साथै स्वास्थ्य चौकीबाट हुने सेवा आकस्मिक सेवा बाहेकका अरु सेवाकाे लागि असमर्थ रहेएका जानाकारी गराउनु भयाे ।