Logo

बिहिवार, श्रावण १४ गते २०८३

स्मार्ट फोन बेच्नेहरु ‘स्मार्ट’ नभएको व्यवसायीहरुकै निश्कर्ष

स्मार्ट फोन बेच्नेहरु ‘स्मार्ट’ नभएको व्यवसायीहरुकै निश्कर्ष

जोईन खबर

७, जेठ २०८०
  • 616
    SHARES
  • स्मार्ट फोन बेच्नेहरु ‘स्मार्ट’ नभएको व्यवसायीहरुकै निश्कर्ष

    ७ जेठ काठमाडौं । महासङ्घको कोशी प्रदेश समिति गठनका लागि प्रदेशभरका व्यवसायी उपस्थित कार्यक्रममा बोल्दै मुलुकभर सक्रिय ५० हजारभन्दा बढी मोबाइल व्यवसायी समस्यामा  परेको आयातकर्ताले मनग्य मुनाफा कमाउने तर व्यवसायी घाटामा परेर घरबार बेच्नुपर्ने अवस्थामा पुग्नु दुःखद् रहेको नेपाल मोबाइल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष भरत भट्टराईले बताएका हुन् ।

    images

    वैधानिकरुपमा प्राप्त हुने २० प्रतिशत मुनाफा आफूहरुले नखोजेको भन्दै उनले व्यवसाय बचाउनका लागि मार्जिनबिना मोबाइल बिक्री नगर्ने विषयमा छलफल चलिरहेको बताए । यसका लागि महासङ्घले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछ ।’

    महासङ्घका महासचिव रमेश घिमिरेले व्यावसायिक स्वच्छता र आचरणसहितको व्यवसाय गर्नुपर्नेमा जोड दिएका छन् । महासङ्घमा आबद्ध नभएका र अव्यावसायिक काम गर्नेविरुद्ध महासङ्घ चनाखो रहेको उनको भनाइ छ । 

    प्रकाशित मिति :जेठ ७, २०८० आइतवार - ११:३५:३७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको