७ जेठ काठमाडौं ।११औँ कान्तिपुर हाफ म्याराथन दौडको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभएको छ । शनिबार थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय परिसरमा प्रधानमन्त्री प्रचण्डले बन्दुक पड्काएर म्याराथनको उद्घाटन गर्नुभएको हो ।
आयोजक कान्तिपुर पब्लिकेशन्सका अनुसार हाफ म्याराथन २१.१ किमि, कलेज रन ७ किमि, कर्पोरेट रन ५ किमि र ह्विलचियर रन ३ किमि गरी चार विधामा झण्डै चार हजार सात सय सहभागी हुने छन् ।हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले एक लाख रुपियाँ पुरस्कार पाउने छन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौं हुनेले पाँच हजार रुपियाँ पाउने जनाकारी गरीयाे ।