बीएनपीले शनिबार एक आदेश जारी गर्दै कर्मचारीको आइतबारको बिदा रद्द गरेको छ। ५००–५०० रुपियाँका २२ मिलियन अर्थात २ करोड २० लाख नोट छापिनेछ। यसका लागि कर्मचारीले दैनिक २२ घण्टा काम गर्नुपर्ने हुन्छ। कर्मचारीहरू एकैसाथ काम गर्ने छैनन्। प्रत्येक ११ घण्टाको दुई सिफ्टमा काम गर्नेछन्।
बैंक नोट प्रेसमा ५००, २००, १००, ५० र २० रुपैयाँका नोट छापिन्छन्। दुई हजारका नोट बन्द भएको जानकारी आएपछि आइतबारदेखि ५ सय–५ सयका नोटको छपाई बढाइएको छ । १८ देखि २० मिलियन नोट छापिने गरिन्छ। आइतबारदेखि मात्रै ५००–५०० दरका २२ देखि २३ मिलियन नोट छापिनेछ। नोट प्रिन्टिङको क्रममा व्यवस्थित रूपमा नोटमा मसी पुर्याउन सिलिन्डर प्रयोग गरिन्छ।