७ जेठ काठमाडौं । पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन्। बुढामगरले सगरमाथा आरोहणगरेका हुन् ।
झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरे ।बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए ।
बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने ।सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्चाउँदै भनेका थिए, ‘हामी सफल भयौं ।’