Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा बक्यौता रकम नतिर्ने दुई सय ७० ग्राहकलाई कालोसूचीमा

नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा बक्यौता रकम नतिर्ने दुई सय ७० ग्राहकलाई कालोसूचीमा

जोईन खबर

८, जेठ २०८०
  • 637
    SHARES
  • नेपाल विद्युत् प्राधिकरणले  भरतपुरमा  बक्यौता रकम नतिर्ने  दुई सय ७० ग्राहकलाई कालोसूचीमा

    ८ जेठ काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले  भरतपुरमा बक्यौता रकम नतिरेका दुई सय ७० ग्राहकलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा रहेका ग्राहकको तीन पुस्ते मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका पठाउने तयारी सुरु गरेको हो । कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार ती कार्यालयबाट पाउने सेवासमेत वञ्चित हुने गरी कार्यालयले परिपत्र गर्न लागेको हो । कार्यालयले कालोसूचीमा रहेका ग्राहकबाट रु ७४ लाख ९२ हजार आठ सय ८१ बक्यौता रकम उठाउन बाँकी छ ।

    images

    यस अन्तर्गत रु एक लाखभन्दा बढी बक्यौता महसुल भएका १२ ग्राहक रहेका छन् । बक्यौता रकम नतिर्ने अन्य ग्राहकलाई समेत कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरिएको उनले बताए । 

    प्रकाशित मिति :जेठ ८, २०८० सोमवार - ११:११:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको