८ जेठ काठमाडौ । गर्दै नगरेको अपराधको सजाय पाउनुको असीम दु:ख । गर्दै नगरेको कामको दोष पाउनुको बेदना भोग्नेलेबाहेक अरुले बुझ्न सक्दैन । जीवन चलाउन खाएको केहि हजारको जागिर गर्दागर्दै आफ्नो चरित्रमाथिनै प्रश्न उठेपछि कसलाई सह्य हुन्छ होला र ? हो, अहिले यस्तै पीडामा छिन् पवित्रा कटवाल ।
पवित्रा कटवालले ब्वाईफ्रेण्डलाई उपहार दिन बैंक ठगेको हल्ला फैलिएपछी साथीहरुसँग सम्पर्क गर्ने प्रयास गर्यो । तर हाम्रो सम्पर्कमा आएका उनका साथीहरुमध्ये कसैले पनि यस्तो हल्ला सहि हो भनेनन् । बरु भेटिएका अधिकांसले पवित्रामाथि अन्याय भएको र यसको पनि कानुनी उपचार खोज्नुपर्ने बताईरहे । कसैले कुन जुनीको रिस पोख्यो थाहा छैन, तर कसैले हल्ला चलाइदियो पवित्राले त ब्वाईफ्रेन्डलाई बाइक उपहार दिन बैंकको करोडौं रुपैयाँ ठगिन् भनेर ।
बैंकमा निरज प्रधानको डिजाइनमा भएको करोडौंको घोटालामा पवित्राको संलग्नता छ वा छैन भन्ने कुरामा प्रहरीले अनुसन्धान गरिरहेको छ । बैंकले गरेको अनुसन्धानमा निरज प्रधान मात्र दोषी देखिएको थियो । अनुसन्धानका क्रममा अन्य कर्मचारीहरु पनि परेका हुन् । घटनाको सबै प्रकृति हेर्दा जे गलत भएको छ, त्यसमा प्रक्रियागत रुपमा पवित्राको काम, जो हाकिमले नै अर्हाएका थिए, मुछिएको छ । आफुलाई पवित्राको निकट साथी बताउने अर्की एक बैंकर भन्छिन्- ‘पवित्राले गलत नै गरेको भए पनि, यो केस अहिले अनुसन्धानका क्रममा छ । उनी अभियुक्त मात्र हुन्, अपराधी होइनन् । अझ प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पनि उनको खासै दोष छैन तर प्रक्रियामा उनी पनि मुछिएकी छिन् भन्ने छ ।
हाकिमले गर भनेको काम बैंककै काम हो भनेर गरेको तर गलत काम गर्ने कुनै पनि बदनियत नभएको तर्क उनले गरेको स्वयम् प्रहरीको भनाई छ । प्रहरीले पनि बाहिर आएका हल्ला कसैले बदनियत राखेर चलाएको हल्ला भनेर बुझेको छ ।प्रारम्भिक रुपमा बुझ्दा हल्ला एभरेष्ट बैंककै कर्मचारीले चलाएको निष्कर्ष उनी निकटहरुको छ । समग्रमा ‘ब्वाईफ्रेण्डलाई गिफ्ट दिन बैंक ठगेको कुरा १०० % झुटो’ हो भन्ने निष्कर्षमा अधिकांस छन् । अनुसन्धान सकिएपछी पवित्रालाई कति गाह्रो हुन्छ होला भन्ने तनावले यतिबेला उनका शुभचिन्तकहरु ठुलो चिन्तामा छन् ।
कुरा बुझ्दै नबुझी पवित्राको पवित्रतामाथि प्रश्न गर्ने हे समाजका असामाजिक कुलंगारहरु हो, किन बुझ्दैनौ, पवित्रा गलत भए उनलाई कानुनले सजाय दिन्छ । तिम्रा घरबाट विदाई भएर पराईघर गएकी तिम्री विवाहित बहिनीलाई कसैले यसको ब्वाईफ्रेन्ड छ र ब्वाईफ्रेन्डलाई गिफ्ट दिन यसले बैंक ठगेकी हो भन्दा तिमी सहन सक्छौ ? यदी सक्दैनौ भने पवित्राका दाजु वा भाईले यस्तो हुँदै नभएको हल्ला कसरी सहेका होलान् । पवित्रा जसरी हाकिमले गरेको गलत कामका विषयमा अनुसन्धानको पात्र बनेकी छिन्, उनका बारेमा गलत हल्ला चलाएर फेसबुकमा गलत कुरा पोष्ट गर्नेहरु त सिधै जेल जानुपर्ने विषय हो ।