८ जेठ काठमाडौ । सरकारले पुराना सार्वजनिक यातायातमा प्रयोग भएका गाडी पत्रु गर्न ३५ दिने सूचना निकालेको छ । रोजगार तथा यातायात मन्त्रालयले हिजो आइतबार एक सूचना प्रकाशित गर्दै पुराना गाडी पत्रु गर्न भनेको हो ।
प्रदेश सवारी तथा यातायात ब्यवस्था ऐन, २०७५ को दफा १९ (४) दर्ता भएका उमेर पुरा गरेका साधनलाई पत्रु बनाउन भनिएको हो । प्रदेश सवारी तथा यातायात ऐनमा विद्युतीय साधनको हकमा ३० वर्ष र इन्टरनल कम्बस्चन इन्जिनको हकमा २० वर्षपछि अनिर्वाय पत्रु गर्नु पर्ने उल्लेख गरिएको छ
