८ जेठ काठमाडौ । नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो ।सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ । साथै केही समयकाे लागी बाटाे अवरुद्ध गरिएकाे हाे । अहिले काम भईरहेकाे कुरा जिल्ला प्रहरी कार्यालय चितवनका बताएकाे हाे ।