२८ औं पटक सगरमाथाको चुचुरोमा कामीरिता शेर्पा पुगेका छन् ।विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथा आरोहण गरेका छन् ।सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि कामीरिता मंगलबार बिहान २८ औं पटक सर्वोच्च शिखर सगरमाथा पुगेका हुन् ।
कामिरिता आज आज बिहान ९ बजेर २३ मिनेटमा २८औँ पटक सगरमाथाको चुचुरोमा पुग्न सफल भएको सेभेन समिट ट्रेक्सले जनाएको छ । उनी एकै साता दुई पटक सगरमाथा आरोहण गर्न सफल भएका हुन् ।