Logo

बिहिवार, श्रावण १४ गते २०८३

एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्स र अर्थ मन्त्री प्रकाशशरण महतबीच भेटवार्ता

एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्स र अर्थ मन्त्री प्रकाशशरण महतबीच भेटवार्ता

जोईन खबर

९, जेठ २०८०
  • 679
    SHARES
  • एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्स  र  अर्थ मन्त्री प्रकाशशरण महतबीच भेटवार्ता

    ९ जेठ काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसि) को एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भयो । भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको पनि सहभागिता थियो ।

    images

    एमसिसि सम्झौता कार्यान्वयनमा जाने मिति (अगष्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ बर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाको बारेमा जानकारी लिन एमसिसिका पदाधिकारीको भ्रमण भएको हो ।

     अर्थमन्त्री डा. महतले यो आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भै नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गर्नुका साथै आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरुलाई कानूनको प्रकृया पूरा गरी यथाशीघ्र टुंग्याउने प्रतिवद्धता जनाए । 

    प्रकाशित मिति :जेठ ९, २०८० मंगलवार - १२:१८:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको