Logo

बिहिवार, श्रावण १४ गते २०८३

२३औं समूहको ट्राफिक प्रशासन तालिम सञ्चालन

२३औं समूहको ट्राफिक प्रशासन तालिम सञ्चालन

जोईन खबर

९, जेठ २०८०
  • 646
    SHARES
  • २३औं समूहको ट्राफिक प्रशासन तालिम सञ्चालन
    ९ जेठ काठमाडौं । प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा २३औं समूहको ट्राफिक प्रशासन तालिम सञ्चालन भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सोही कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो ।
     
    प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सवारी दुर्घटना न्यूनीकरण गर्न तथा सवारी आवागमन व्यवस्थापन गर्न तालिम उपयोगी रहेको चर्चा गर्दै तालिममा प्रदान गरिने व्यवसायिक ज्ञान, सिपलाई प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक भई हासिल गर्नुपर्नेमा जोड दिनुभयो । तालिममा प्रहरी नायव निरीक्षक १८ जना र प्रहरी सहायक निरीक्षक २२ जना गरी कुल ४० जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिनुभयो ।

     

    images

     

    प्रकाशित मिति :जेठ ९, २०८० मंगलवार - १२:४४:१६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको