९ जेठ काठमाडौं । हरिहरपुरगढी गाउँपालिका-३ बगौचा बस्ने ६३ वर्षीय चन्द्र बहादुर पाख्रिनलाई भरूवा बन्दुक १ थानसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी हरिहरपुरगढी र ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले पाख्रिनको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।