९ जेठ काठमाडौ । कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन्। राष्ट्रपति पौडेलको बधाई सन्देश उनका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिकी छोरी अवज्ञा पौडेलले मङ्गलवार काठमाडौंमा आयोजित कार्यक्रमबीच बुढामगरलाई हस्तान्तरण गरेका हुन्।
ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्धमैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राखेका विश्वकीर्तिमान लगन, साहस र गौरवको प्रतीकका रूपमा सबैका लागि सदैव प्रेरणाको विषय हुने राष्ट्रपतिको बधाई सन्देशमा उल्लेख गरेका छ। आत्मविश्वास अन्य व्यक्तिमा जगाउन यो सफलता उदाहरणीय बनोस् भन्ने कामना गरेका छन्।

