१० जेठ काठमाडौं । कछुवा गतिमा रहेको हिमालयन बैंक पनि ‘एग्रेसिभ बन्दै’ बैंकहरु पूँजीको आकार, निक्षेप संकलन तथा ऋण प्रवाहको आधार, शाखा सञ्जालको आधार, नाफाको आधारलगायतमा प्रतिस्पर्धा हुन् थालेको छ ।पूँजीका आधारमा पछिल्लो पटक बैंक अफ काठमाण्डूलाई गाभेको ग्लोबल आईएमई बैंक प्रतिस्पर्धाको नब्बर वानमा छ ।
उसको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड भन्दा माथि पुगेको छ ।नबिल बैंक नाफाको आधारमा नब्बर वान र पुँजीका हिसाबले ‘टप थ्रि’ मा छ । एक वर्षअघि नेपाल बंगालादेश बैंकलाई गाँभेको नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजीका आधारमा कुमारी बैंक चौथो ठूलो बैंक बनेको छ । केही महिना पहिला एनसीसी बैंकलाई गाँभेको कुमारी बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड छ ।टप फाइभ’ मा पर्नका लागि लक्ष्मी सनराइज बैंक पनि प्रतिस्पर्धामा उत्रिएको छ । सोमबार मात्रै मर्जरमा जाने अन्तिम सम्झौता गरेका लक्ष्मी र सनराइज बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड पुग्ने भएको छ ।
हिमालयन बैंकको चुक्ता पुँजी पनि २१ अर्ब ६५ करोड पुगेको छ । हिमालयन बैंक चुक्ता पुँजीका हिसाबले टप सिक्स मा छ । केही वर्षदेखि यता कछुवा गतिमा हिडिरहेको हिमालयन बैंक पछिल्लो समयमा भने आक्रमक देखिएको छ । निकै पुरानो बैंक भएर पनि प्रगति गर्न नसकेको आरोप खेप्दै आएको हिमालयन बैंकले एकपछि अर्को बैंक तथा वित्तीय संस्था गाभ्ने नीति तयार गरेको हिमालय बैंकका एक सञ्चालकले मेरो लगानीलाई बताए । अरु बैंक तथा वित्तीय संस्थालाई पनि गाभ्ने योजनामा छौं उनले भने मानिसको औलामा गन्न सक्ने बनाउने योजनाका साथ काम गरेका छौं । यसको अर्थ हिमालयन बैंकले पनि चुक्ता पुँजीका आधारमा पनि ‘टप फाइभ’ बन्ने योजना बनाइ रहेको छ ।