Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेपाल एयरलाइन्सले पायो अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको लागि समय स्लट

नेपाल एयरलाइन्सले पायो अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको लागि समय स्लट

जोईन खबर

१०, जेठ २०८०
  • 703
    SHARES
  • नेपाल एयरलाइन्सले पायो  अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको लागि समय स्लट
    १० जेठ काठमाडौं ।अष्ट्रेलियाको सिड्नी विमानस्थलबाट उडानको लागि नेपाल वायुसेवा निगमले समय (स्लट) पाए  सगैँ सातामा २ उडानका लागि अनुमति र स्लट दिएको हो। विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले बताएको छ।

    विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियन नागरिक उड्डयनसँग उडानका लागि अनुमति माग्दै सबै विवरण बुझाएको छ। निगमले काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान गर्न लागेको हो।

    images

    यसका साथै जहाजमा सवार गर्न यात्रुलाई खाजा–नास्ताका लागि समेत क्याटरिङ कम्पनी छनोट प्रक्रिया समेत अगाडी बढाएको निगमले बताएको छ।

    images
    images
    images
     

     

     

     

    सिंगापुर र सिड्नी विमानस्थलको लागि एमआरओ (मेन्टेनन्स, मर्मत र अपरेशन) समेत छनोट गरिसकेको छ। निगमले वाइडबडीबाट अष्ट्रेलियाको सिड्नी उडानको तयारी गरेको हो।

    प्रकाशित मिति :जेठ १०, २०८० बुधवार - १३:१७:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको