विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियन नागरिक उड्डयनसँग उडानका लागि अनुमति माग्दै सबै विवरण बुझाएको छ। निगमले काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान गर्न लागेको हो।
यसका साथै जहाजमा सवार गर्न यात्रुलाई खाजा–नास्ताका लागि समेत क्याटरिङ कम्पनी छनोट प्रक्रिया समेत अगाडी बढाएको निगमले बताएको छ।
सिंगापुर र सिड्नी विमानस्थलको लागि एमआरओ (मेन्टेनन्स, मर्मत र अपरेशन) समेत छनोट गरिसकेको छ। निगमले वाइडबडीबाट अष्ट्रेलियाको सिड्नी उडानको तयारी गरेको हो।