Logo

बिहिवार, श्रावण १४ गते २०८३

जिल्ला प्रहरी कार्यालय झापाले आपराधिक घटनाका फरार प्रतिवादीलाई धमाधम पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाले आपराधिक घटनाका फरार प्रतिवादीलाई धमाधम पक्राउ

जोईन खबर

१०, जेठ २०८०
  • 658
    SHARES
  • जिल्ला प्रहरी कार्यालय झापाले आपराधिक घटनाका फरार प्रतिवादीलाई धमाधम पक्राउ

    १० जेठ काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा मात्र एक सय ३२ जनालाई आपराधिक घटनाका फरार प्रतिवादीलाई धमाधम पक्राउ गरेकाे हाे ।

    images

    पक्राउ परेका प्रतिवादीलाई अदालतको आदेशानुसार कतिपयलाई जरिवना लिएर छाडिदिएको छ भने कतिपयलाई कैद भुक्तानका लागि जिल्ला कारागार झापामा पठाइएको उनले जानकारी दिए । एक सय १८ पुरुष र १४ महिला भएको बताए। अपराधका २६ मुद्दामा पक्राउ परेकामध्ये सबैभन्दा बढी चोरी घटनामा संलग्न रहेको पाइएको छ । आर्थिक वर्ष २०७९÷८० को पुसदेखि वैशाखसम्ममा चोरी घटनामा २१, लागुऔषधमा २०, कीर्तेजालसाजीमा ११, वनसम्बन्धी मुद्दामा ११, सवारी ज्यान मुद्दामा १० जना छन् ।

    जिल्लामा गोरु मारेका चिठ्ठासम्बन्धी कसुर, जबर्जस्ती करणी उद्योग, जुवासम्बन्धी कसुर ठगी बालयौन दुरुपयोग विदेशी विनिमय सम्बन्धविच्छेद लेनदेन बहुविवाह आपराधिक उपद्रव, हिसाब यकिन गरी पाउ नाता कायम डाँका गाली बेइज्जतीलगायतका मुद्दाका प्रतिवादी पक्राउ परिरहेको उनले बताए ।

     

    प्रकाशित मिति :जेठ १०, २०८० बुधवार - १४:०३:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको