म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो।यसअघि सन् २०२२ का लागि 'एलओडी' सय क्लबले ५२ औं स्थानमा प्रवेश पाएको थियो।
विश्वका सय वटा उत्कृष्ट सय क्लबको सयौँभित्र छनौटमा पर्दा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने उनको भनाइ छ।एलओडी क्लब डिजे म्यागको टप सयमा पर्नु भनेको नेपालको पनि शान हो,' कुँवरले भने, 'टप सयभित्र एलओडीको छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ। क्लबलाई थप आकर्षक बनाएर लैजानलाई प्रेरणा प्राप्त भएको छ।एलओडी उत्कृष्ट क्लबको सूचीमा पर्दा विश्वरभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको विश्वास छ।रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने कुँवरको भनाइ छ।