१० जेठ काठमाडौं ।नेपालमा नै उत्पादन भएको नयाँ विद्युतीय मोटरसाइकल गन्तव्य सार्वजनिक गरिएको छ।ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेतको उपस्थितिमा विद्युतीय बाईक गन्तव्य सार्वजनिक गरिएको हो ।
पछिल्लो समयमा नेपालमा विद्युतीय सवारीको माग बढन थालेको अवस्थामा स्वदेशमा बनेको नयाँ विद्युतीय बाईक सार्वजनिक गरिएको उत्पादक सुन्दर ईन्जिनियरिङले जनाएको छ ।
पहिलो एक महिना खरिद गर्नेलाई लागत मूल्यमा मोटरसाइकल बिक्री गरिने कम्पनीले बताएको छ।हाल यो बाईकको मूल्य २ लाख ४० हजार रूपैयाँ राखिएको छ । बाईकमा तीन बर्ष सम्मा अरेन्टि रहेएको छ। कम्पनीका अनुसार एक पटक ब्याटी पूरा चार्ज गरे पछि यो मोटरसाइकल एक सय किलोमिटर गुडने कम्पनीले जनाकारी दिएका छन्।