Logo

बिहिवार, श्रावण १४ गते २०८३

भारतसँग ३–१ को सेटमा पराजित नेपाल, दोस्रो सेमिफाइनलमा नेपालले काजाकस्तानसँग खेल्ने

भारतसँग ३–१ को सेटमा पराजित नेपाल, दोस्रो सेमिफाइनलमा नेपालले काजाकस्तानसँग खेल्ने

जोईन खबर

१०, जेठ २०८०
  • 742
    SHARES
  • भारतसँग ३–१ को सेटमा पराजित नेपाल, दोस्रो सेमिफाइनलमा  नेपालले  काजाकस्तानसँग  खेल्ने

    १० जेठ काठमाडौं ।नेपाल काभा महिला भलिबल च्यालेन्ज कपको  अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल टिम भारतसँग ३–१ को सेटमा पराजित भएको छ ।दुवै टोली  नै सेमिफाइनलमा पुगिसकेका कारण यो खेलको नतिजाले समूह ए को विजेताको टुंगो लगाएको छ ।

    images
    नेपालले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा काजाकस्तानसँग खेल्नुपर्ने भएको छ । नेपाल र काजाकस्तानबीचको खेल शुक्रबार हुने छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित हुँदै अन्तिम चारमा पुगेको हो। नेपालले पहिलो सेट १२–२५ ले गुमाएको थियो। पहिलो सेट सस्तैमा गुमाएपनि नेपालले त्यसपछि सानदार प्रदर्शनमा साथ उपाधि दाबेदार भारतलाई कडा चुनौती दिएको थियो ।
     
    क्रमसः २५–१२ र २६–२४ ले गुमाएको नेपालले तेस्रो सेट २५–२१ ले जितेर खेलमा फर्किने प्रयास गरेको थियो ।चौथो सेटको आधा समयसम्म प्रतिस्पर्धात्मक भए पनि एक समय नेपालले १८–१५ को अग्रता बनाएर आशा जगाएको थियो । तर, त्यसपछि नेपालले ३ अंकमात्र जोड्दा भारतले १० अंक जोडेर खेल जित्न सफल रह्यो ।

    प्रकाशित मिति :जेठ १०, २०८० बुधवार - १७:१६:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको