Logo

बिहिवार, श्रावण १४ गते २०८३

किन घटेन उपत्यकाको यातायात भाडादर

किन घटेन उपत्यकाको यातायात भाडादर

जोईन खबर

१०, जेठ २०८०
  • 673
    SHARES
  • किन घटेन  उपत्यकाको  यातायात भाडादर

    १० जेठ काठमाडौं । काठमाडौ राजधानी उपत्यकाको यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तर प्रदेश चल्ने भाडादर घटायो । गत साता डिजेलमा प्रतिलिटर १० रुपियाँ घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यातायातको भाडादर ३.२ प्रतिशतले घटाएको हो ।

    images

    डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपियाँबाट १५५ रुपियाँमा झरेको छ । मूल्य घटेसँगै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीसाधनमा ४.६५ प्रतिशत भाडादर घटेको छ । यातायात व्यवस्था विभागले भाडादर घटाएपनि काठमाडौं उपत्यकामै चल्ने यातायातमा भने भाडादर घटेको छैन । प्रदेश सरकारले अहिलेसम्म नयाँ भाडादर कायम गरेको छैन ।

    प्रदेश भित्रको भाडादर प्रदेशले नै घटाउन सक्ने संवैधानिक व्यवस्था भएकाले यातायात व्यवस्था विभागले कायम गर्न नमिल्ने यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताउनुभयो ।

    मन्त्रालय भन्छ : आज सार्वजनिक गर्छौ
    श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले प्रदेश भित्र सञ्चालन हुने यातायातको नयाँ भाडादर आज (बुधबार) सार्वजनिक गर्ने जनाएको छ । मन्त्रालयका उपसचिव शङ्करराज पाठकका अनुसार भाडादरको विषयमा मन्त्रालयमा गृहकार्य चलिरहेको छ । उहाँले भन्नुभयो बागमती प्रदेशको भाडादर घटाउनका लागि मन्त्रालयमा गृहकार्य चलिरहेको छ । अहिले भाडादरको खाका तयार भइसकेर कानुन मन्त्रालयमा पठाइएको र मन्त्रालयबाट राजपत्रमा प्रकाशित भएलगत्तै लागू हुने उहाँको भनाइ छ ।

     

    प्रकाशित मिति :जेठ १०, २०८० बुधवार - १७:४२:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको