Logo

बिहिवार, श्रावण १४ गते २०८३

यी प्रदेशहरुमा चट्याङसहित हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना बढी

यी प्रदेशहरुमा चट्याङसहित हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना बढी

जोईन खबर

११, जेठ २०८०
  • 646
    SHARES
  • यी प्रदेशहरुमा चट्याङसहित हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना बढी

    ११ जेठ काठमाडौं । स्थानीय वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू–भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागको भनाइ छ  । आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    प्रकाशित मिति :जेठ ११, २०८० बिहिवार - १०:२७:०८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको