Logo

मंगलवार, कार्तिक ११ गते २०८३

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज बिहीबार दुई प्रतिस्पर्धा खेलहरु हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज बिहीबार दुई प्रतिस्पर्धा खेलहरु हुँदै

जोईन खबर

११, जेठ २०८०
  • 718
    SHARES
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज बिहीबार दुई प्रतिस्पर्धा  खेलहरु हुँदै

    ११ जेठ काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन्। आज एन्फा कम्प्लेक्स र च्यासल मैदानमा दोस्रो लेगको आठौं चरण अन्तर्गत दुई खेलहरु हुनेछन्।एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेल दिउँसो ३ बजे सुरु हुनेछ।

    images

    सातदोबाटो २० खेलमा २९ अंक जोडेर चौथो स्थानमा रहेको छ भने फ्रेन्ड्स २० खेलमा २१ अंक जोडेर १३ औं स्थानमा रहेको छ।च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेल दिउँसो ३ बजे सुरु हुनेछ। मनाङ २० खेलमा २४ अंक जोडेर ११ औं स्थानमा रहेको छ भने चर्च ब्वाइज २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

    images
    images
    images
     
     

    प्रकाशित मिति :जेठ ११, २०८० बिहिवार - १२:०४:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको