Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्राधिकरणले शत प्रतिशत जनसंख्यामा पुर्याउने याेजनासहित अघि बढ्दै

प्राधिकरणले शत प्रतिशत जनसंख्यामा पुर्याउने याेजनासहित अघि बढ्दै

जोईन खबर

११, जेठ २०८०
  • 610
    SHARES
  • प्राधिकरणले  शत प्रतिशत जनसंख्यामा पुर्याउने याेजनासहित अघि बढ्दै

    ११ जेठ काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमाको दायरा विस्तार गर्न तिब्रता दिन थालेको छ । प्राधिकरणले शत प्रतिशत जनसंख्यामा बीमा पहुँच पुर्याउने लक्ष्य सहित दायरा विस्तारको गतिविधिलाई तिब्रता दिन थालेको हो ।

    images

    चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बीमाको दायरा (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार बीमालेख सहित ४४.५५ प्रतिशत जनसंख्यामा पुगेको छ । बीमाको दायरा विस्तार गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले मेरालगानीलाई जानकारी गराए ।

    बीमा पहुँच विस्तार गर्न प्राधिकरणले विभिन्न जनचेतना तथा अन्तरकृया कार्यक्रमलगायत नीतिगत सुधारका कामहरु समेत गरेको अध्यक्ष सिलवालको भनाई छ । सरकारले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शत प्रतिशत जनसंख्यामा बीमालेख सेवा विस्तार गर्ने योजनालाई प्राथमिकताका साथ उल्लेख गरिएको छ । न्युन आय भएका सर्वसाधारणलाई बीमाको दायरामा ल्याउन लघु बीमा मार्फत सहजीकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । प्राधिकरणले सात वटै प्रदेशको लागि सात वटा कम्पनीलाई लासेन्स समेत वितरण गरिसकेको छ । यसले बीमा पहुँच विस्तारमा टेवा पुग्ने प्राधिकरणको भनाई छ । 

    बीमकको संस्थागत सुशासन सम्बन्धी (पाचौं संशोधन) निर्देशिका २०८० जारी गर्दै व्यवसाय प्रर्वद्धन तथा प्रचार प्रसार सम्बन्धी थप व्यवस्था गरेको हो । उक्त व्यवस्था अनुसार निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले बीमकको व्यवस्थापन खर्च अन्तर्गत अतिथि सत्कार, व्यापार प्रर्वद्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ता अन्य शिर्षकमा खुद बीमाशुल्कको बढीमा १.५ प्रतिशतसम्म खर्च गर्न सकिने व्यवस्था गरेको छ ।

     

    प्रकाशित मिति :जेठ ११, २०८० बिहिवार - १२:१४:४७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको