Logo

बिहिवार, श्रावण १४ गते २०८३

सेनाले हतियार खरिद गर्ने योजना बनाएको छैन : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा

सेनाले हतियार खरिद गर्ने योजना बनाएको छैन : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा

जोईन खबर

१२, जेठ २०८०
  • 730
    SHARES
  • सेनाले हतियार खरिद गर्ने योजना बनाएको छैन : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा

    १२ जेठ काठमाडौं । नेपाली सेनासँग आवश्यक हतियार पर्याप्त रहेको बताउँदै नयाँ हतियार खरिद गर्नेबारे कुनै सोच नभएको नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बताउनुभएको छ।अन्तर्राष्ट्रिय शान्ति सेना दिवसको अवसरमा पञ्चकालीमा आयोजना गरिएको विशेष समारोहलाई विशेष सम्बोधन पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सेनापति शर्माले नेपाली सेनालाई हतियार खरिद गर्नुपर्ने जरुरी नरहेको स्पष्ट पार्नुभयो। 

    images

    सेनापति शर्माले भन्नुभयो, ‘‘हामीसँग आवश्यक हतियार पर्याप्त छन्, नयाँ हतियार खरिद गर्नुपर्ने कुनै जरुरी नै छैन। नेपाली सेनाको हतियार खरिद गर्ने छुट्टै प्रक्रिया छ। हतियार खरिद गर्ने योजना भए त्यसको औचित्य पुष्टि हुनेगरी अवधारणापत्र तयार गरी रक्षा मन्त्रालयमा पेश गर्ने चलन छ। रक्षा मन्त्रालयले त्यस्तो आवश्यकता देखेमा नेपाल सरकार मन्त्रिपरिषदमा पेश गरी निर्णय गराउनुपर्छ। हतियार खरिद गर्ने र किन्ने दुई देशबीच सरकारी तहमै दुई पक्षीय सम्झौतापछि मात्र खरिदको प्रक्रिया अघि बढ्छ। 

    यहाँले नियोजित रुपमा प्रचार गरिएजस्तो अर्बौं रुपियाँ रकमको हतियार खरिद गर्न सम्भव नै नरहेको बताउनुभयो। छिमेकी मुलुकको नाम जोडेर सेनाले हतियार खरिद गर्न बैङ्किङ प्रक्रिया अघि भन्ने प्रचारबाजीलाई पुष्टि गर्नसमेत उहाँले चुनौती दिनुभयो। 

     

    प्रकाशित मिति :जेठ १२, २०८० शुक्रवार - १६:४७:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको