Logo

बुधवार, कार्तिक १२ गते २०८३

एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो खेल, टस जितेर सुदूरपश्चिमले रोज्यो फिल्डिङ

एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो खेल, टस जितेर सुदूरपश्चिमले रोज्यो फिल्डिङ

जोईन खबर

१२, कार्तिक २०८३
  • 169
    SHARES
  • एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो खेल, टस जितेर सुदूरपश्चिमले रोज्यो फिल्डिङ

    ११ कार्तिक काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि पोखराले ब्याटिङको निम्तो पाएको हो।

    images

    सुदूरपश्चिमले यसअघिको खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो। त्यसैले टोली आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। कप्तान ऐरीले पहिलो खेलमा पावरप्लेमा नै विकेट गुमाउँदा टोलीलाई कठिनाइ भएको बताउँदै यसपटक जितका लागि खेल्ने बताएका छन्।

    images
    images
    images

    सुदूरपश्चिमले आजको खेलमा लुम्बिनीविरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिएको छ। अर्कोतर्फ, पोखरा एभेन्जर्सले यस सिजनको एनपीएलमा पहिलो खेल खेल्दैछ।

    पुरानो हारको बदला लिने लक्ष्यमा पोखरा

    कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्स यसअघिका दुई संस्करणमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। पहिलो संस्करणमा सुदूरपश्चिमले पोखरालाई पाँच रनले हराएको थियो भने दोस्रो संस्करणमा १८ रनले पराजित गरेको थियो।

    पहिलो संस्करणमा सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १४८ रनमै समेटिएको थियो। दोस्रो संस्करणमा १९४ रनको लक्ष्य पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७५ रन मात्र बनाउन सकेको थियो।यसपटक पोखरा पुराना नतिजा बिर्सेर सुदूरपश्चिमविरुद्ध जित निकाल्ने योजनामा छ। एनपीएलका अघिल्ला दुवै संस्करणमा प्लेअफ पुग्न असफल भएको पोखरा यसपटक राम्रो प्रदर्शन गर्दै आफ्नो स्थिति सुधार्न चाहन्छ।

     

    प्रकाशित मिति :कार्तिक १२, २०८३ बुधवार - १७:०७:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको