Logo

बिहिवार, श्रावण १४ गते २०८३

म सघाउन तयार छु टीकापुरमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्छ : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी

म सघाउन तयार छु टीकापुरमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्छ : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी

जोईन खबर

१५, जेठ २०८०
  • 574
    SHARES
  • म सघाउन तयार छु टीकापुरमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्छ : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी

    १५ जेठ काठमाडौ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन् ।डिल्लीबजार कारागारबाट रिहाभएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले टिकापुर घटनामा सहादतप्राप्त व्यक्तिका परिवारले पनि न्याय पाउनुपर्ने बताए ।

    images

    डिल्लीबजार कारागारबाट रिहा भए पछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले भने, ‘त्यो अढाइ वर्षे बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ । उहाँहरुको लागि लडिदिनु हाम्रो पनि नैतिक दायित्व हो ।उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र टिकापुर घटनाको शुद्ध छानबिन गरिनुपर्ने भन्दै त्यसका लागि पुनः उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए ।

    हामी आन्दोलनकर्मी र सहादतप्राप्त परिवारबीचमा पनि अन्तरक्रिया गरिनुपर्छ । उहाँहरुको आरोप हामीले सुन्नुपर्छ । हामीहरुको वेदना उहाँहरुले सुन्नुपर्छ । हामी सबैले वेदना साटासाट गरेर असली दोषीलाई राज्यले कारबाही गर्नुपर्छ ।
     
    चौधरीले टिकापुर घटनाको निरुपण सरकारले छिटो गर्नुपर्ने बताए । ‘टिकापुर घटनाको शुद्ध छानबिन गरिनुपर्छ । त्यो धरातलमा रहेका नागरिकसँग सोधिनुपर्छ । टिकापुर घटनालाई आफ्नो नांगो आँखाले देखेका व्यक्तिहरुको वयान लिइनुपर्छ,’ चौधरीले भने  । चौधरीले आज माइतीघरमा कोणसभा गरेर आजै कैलाली जाने जानकारी दिए । 
     
     

    प्रकाशित मिति :जेठ १५, २०८० सोमवार - ०९:००:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको