२२ जेठ काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नय दिन नेप्सेले लघुवित्तको १३.५६२७५३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ८१९ रुपैयाँ ९९ पैसा कायम भएको छ। आइतबार लघुवित्तको शेयर दोस्रो बजारमा ९३१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो।
लघुवित्तले असार ३ गते, आइतबार, अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान सो १० बजे शुरु हुनेछ।सभाले १३.५६२७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ३५ लाख २६ हजार ३१५ रुपैयाँ ७९ पैसा नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता साधारण शेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृती लिई एफपीओ निष्काशन गर्ने नेशनल माइक्रोफाइनान्सको १ कित्ता शेयर बराबर समीट लघुवित्तको ०.७३ कित्ता शेयर आदान प्रदान अनुपातमा मर्ज हुने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।