Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेप्से अध्यक्षविहीन हुँदा वैशाख दोस्रो साता यता बोर्ड बैठक बस्न सकेन

नेप्से अध्यक्षविहीन हुँदा वैशाख दोस्रो साता यता बोर्ड बैठक बस्न सकेन

जोईन खबर

२२, जेठ २०८०
  • 643
    SHARES
  • नेप्से अध्यक्षविहीन हुँदा वैशाख दोस्रो साता यता बोर्ड बैठक बस्न सकेन

    २२ जेठ काठमाडौ । नेपाल स्टक एक्सचेन्ज नेप्से मा गएको वैशाख २६ गते यता सञ्चालक समिति बैठक बस्न सकेको छैन। खासमा बोर्ड अध्यक्ष नभएका कारण बैठक बस्न नसकेको हो।औपचारिक रुपमा भने अहिले पनि नेप्सेको वेभ साइटमा चक्रबहादुर बुढा नै नेप्सेका अध्यक्ष छन्।अध्यक्ष भए पनि कामकाजी रुपमा भने उनी नेप्सेबाट बिदा भइसकेका छन्।  नेप्सेमा नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिवले अध्यक्षता गर्दै आइरहेका छन्। विगतको चलन अनुसार कुनै सहसचिवको अर्थ मन्त्रालय मातहतका निकायबाट सरुवा भई अर्कै मन्त्रालय जाँदा वा भौगोलिक रुपमा काठमाडाै‌ं भन्दा बाहिर सरुवा भए नेप्सेको अध्यक्षता नगर्ने चलन छ। 

    images

    २०७८ जेठमा तत्कालीन अध्यक्ष लक्ष्मण न्यौपानेको पदावधि सकिएको थियो।  बहालवाला अध्यक्ष चक्रबहादुर बुढा पर्यटन मन्त्रालय सरुवा भइसकेका छन्। उनको तालुकदार मन्त्रालय पर्यटन भएपछि स्वत: उनी नेप्सेको अध्यक्षको काममा फर्कने छैनन्। उनको ठाउँमा अर्थले अहिलेसम्म नयाँ अध्यक्ष पठाएकाे छैन ।

    नेप्से अध्यक्ष विहीन भएकै कारण करिब एक महिना यता नेप्सेको सञ्चालक समिति बैठक बस्न सकेको छैन। जसले गर्दा नेप्सेको नियमित गर्नु पर्ने महत्त्वपूर्ण कामहरू अवरुद्ध हुन पुगेका छन्। पनयाँ ब्रोकरलाई के कसरी सदस्यता दिने भन्ने विषय त्यसै थाती नै छ ” कार्कीले मेरो लगानीसँग भने।कार्कीका अनुसार नयाँ ब्रोकरलाई के कसरी सदस्यता दिने भन्ने विषयमा प्रारम्भिक तहको छलफल भने भएको छ। 

    धितोपत्र बोर्डबाट लाइसेन्स पाएका सात नयाँ ब्रोकरले नेप्सेमा सदस्यताको लागि निवेदन दिएका छन्।  निवेदन दिनेहरूमा भोले गणेश सेक्युरिटी, क्यापिटल म्याक्स सेक्युरिटी, हिमालयन ब्रोकरेज, सन सेक्युरिटी, मियो सेक्युरिटी, शेयरप्रो सेक्युरिटी र प्रोपर्टि विजार्ड छन्।४२ वटा ब्रोकर आवेदनलाई बोर्डले आशय पत्र दिएको थियो । यी ब्रोकर सञ्चालनमा आइसकेपछि नेपालमा ब्रोकर सङ्ख्या ५७ पुग्नेछ। हाल ५० वटा धितोपत्र ब्रोकर सञ्चालनमा छन्।निवेदन दिएकाहरूलाई सदस्यता दिने वा नदिने विषयमा भने नेप्सेले प्रक्रिया अघि बढाएको छैन।

    प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - १२:११:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको