Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईको भिसा नआउँदा दक्षिण अफ्रिका भ्रमणमा जान पाएनन्

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईको भिसा नआउँदा दक्षिण अफ्रिका भ्रमणमा जान पाएनन्

जोईन खबर

२३, जेठ २०८०
  • 784
    SHARES
  • नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईको भिसा नआउँदा दक्षिण अफ्रिका भ्रमणमा जान पाएनन्

    २३जेठ काठमाडौ ।नेपाली क्रिकेट टोली आइसिसी विश्वकप एकदिवसीय छनोटको लागी अन्तिम तयारी गर्न एक हप्ता अघि दक्षिण अफ्रिका जादा मोन्टी भने भिसाको कारण जान पाएका छैनन् ।

    images

    क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले मंगलबार बिहानसम्म मोन्टीको भिसा नआएको जानकारी दिएका छन् । मोन्टीको भिसा आजसम्म आउने सम्भावना रहेको पाठकले बताए । यदि मोन्टीको भिसा आज आएमा उनलाई क्यानले आज रातीनै दक्षिण अफ्रिकातर्फ पठाउने तयारी गरेको पाठकले बताएका छन् ।

    नेपालले ८ जुनमा स्कटल्यान्डसँग दक्षिण अफ्रिकामा वार्मअप खेल खेल्नेछ । दक्षिण अफ्रिकामा नेपालले १० जुनमा नेदरल्यान्ड्ससँग वार्मअप खेल खेल्नेछ ।नेपाल जिम्बावे जानेछ ।जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ । प्रतियोगिता १८ जुन देखि ९ जुलाई सम्म हुनेछ ।

    नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । नेपालले १८ जुनमा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ ।हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह बी बाट आउने तीन टोलीले समूह ए का तीन टोलीसँग खेल्नेछन् ।

    प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - १३:४५:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको