Logo

मंगलवार, श्रावण १२ गते २०८३

फुटपाथ व्यापारी, अहिले ‘चेन होटल’का मालिक

फुटपाथ व्यापारी, अहिले ‘चेन होटल’का मालिक

जोईन खबर

२३, जेठ २०८०
  • 1.5K
    SHARES
  • फुटपाथ  व्यापारी, अहिले ‘चेन होटल’का मालिक

    २३जेठ काठमाडौ । माग्ने बूढा’ भन्नेबित्तिकै माकल टोपी, थोते दाँत र झुक्रेझाम्रे आकृति आँखामा नाच्न थाल्छ । यो त भयो ‘मेरी बास्सै’को एक प्रमुख पात्र । यही ‘पात्र’ केदार घिमिरेमा ‘कन्भर्ट’ गर्ने हो अहिले हाम्रो अघिल्तिर ‘चेन होटल’का मालिक कुरा गरिरहेका छन् ।
    २०५० सालमा मकवानपुर ठिंगनबाट काठमाडौं छिरेका ‘माग्ने बूढा’ अर्थात् केदार घिमिरेको सपना वकिल बन्न थियो । तर, कलाकार हुँदै अहिले उनी ‘ए वान होटल’ समूहका मालिकमध्ये एक बनेका छन् ।कुनै ताका काठमाडौंमा फुटपाथ गरेका केदारले २१ वटा चेन क्याफे, पार्टी भेन्यु ब्यांक्वेट र होटलसहितको ‘ए वान क्याफे एन्ड पार्टी भेन्यु’ तथा ‘ए वान होटल’ समूहअन्तर्गत करोडौंको लगानीका ‘मालिक बनिएला’ भन्ने सायदै सोचेका थिए ।

    images

    ताहचल वारिपट्टीको काठमाडौं बहुमुखी क्याम्पसमा आईएल भर्ना हुन पुगेका केदार काठमाडौं आउने क्रममा गाउँको घरमा आलगानी भयो । सारा सम्पत्ति आगोसँगै नष्ट भयो । त्यसपछि सुरु हुन्छ, काठमाडौंमा संघर्षका दिनहरू ।काठमाडौंमा दाइसँग बसेका केदार सुरुमा चाइनिज कन्ट्रक्सन कम्पनीमा ‘लेबर’ थिए । मेसिनबाट अलकत्रा ९बिटुमिन० पोल्ने रात्रिकालीन काम पाएका थिए, उनले । ‘लेबरको केही कमाइबाट ऐना, काइँयो, क्रिम, जुत्ताको पलिस, ब्रस, नेलकटर, रुमाल, लिपिस्टिक, पर्स, मोजालगायत किन्थें,’ संघर्षका पल सम्झिन थाल्छन्, केदार, ‘विभिन्न कस्मेटिक सामग्री बेच्ने फुटपाथको पसल ललितपुर लगनखेल चोकमा सुरु गरें । रातभर काम गरेर बिहानै कलेज जान्थें र बिहान ९ः३० मा क्लास छुटेपछि महाबौद्धको होलसेलबाट साइकलमा सामान बोकेर लगानखेल पुग्थें ।’उनको अनुपस्थितिमा बिहान १० बजेसम्म दाइ फुटपाथ पसल सम्हाल्थे ।

    बिहान कलेज, दिउँसो फुटपाथ व्यापार र रातभर लेबरको काम । २४ घण्टै कामको चापले केदार सुत्नै पाउँदैनथे । निन्द्रामा समस्या हुन थाल्यो । रातको मजदुरी छोड्न बाध्य भए । बिहानको कक्षा सकेर उनी दिनभर फुटपाथ व्यापार र ट्युसन पढाउनतिर व्यस्तिन थाले । व्यापारमा मसला ‘आइटम’ थपे ।

    इलेक्ट्रिक पसल सञ्चालनकै क्रममा एचबीसी एफएमकी प्रस्तोता सुमित्रा खड्कासँग केदारको परिचय भयो । ७ कक्षादेखि नै कविता लेख्न थालेका केदारले सुमित्रामार्फत रेडियोमा कविता वाचन गर्ने अवसर पाए । एचबीसी एफएममै रेडियो नाटक, कविता र रेडियो नाटकसँगै हास्यव्यंग्य कार्यक्रम ‘काउसो’ चलाउने अवसर पाए, केदारले ।मकवानपुर ठिंगनबाट काठमाडौं छिरेका सामान्य ठिटो ‘माग्ने बूढा’ अर्थात् केदार घिमिरेको सपना वकिल बन्न थियो । तर, कलाकार हुँदै अहिले उनी ‘ए वान होटल’ समूहका मालिकमध्ये छन्

    एकपछि अर्को निराशा

    नेपाल टेलिभिजनमा मोहन मिश्रको हास्यप्रधान टेलिशृंखला ‘हत्तेरिका’ बन्द भइसकेको थियो । केदारले इमेज च्यानलमा ‘आम्मै’ नामक हास्यप्रधान शृंखला सुरु गर्दा त्यसको ‘स्क्रिप्ट’ लेख्ने र अभिनयसमेत गर्ने अवसर पाए ।जब उनले ‘स्क्रिप्ट’ लेखेर अभिनय गरेको शृंखला तयार भयो, त्यस क्रममा इमेजबाट ‘आम्मै’ बन्द भयो र प्रसारण हुन सकेन । सोही शृंखलामा उनले ‘माग्ने’को चरित्र निर्वाह गरेका थिए । त्यतिबेला ‘जिरेखुर्सानी’बाट छुटेका दमन रुपाखेतीले ‘ढिकीच्याउँ’ बनाए । यसमा केदारसँगै सीताराम कट्टेल ‘धुर्मुस’ले ‘स्क्रिप्ट’ लेख्ने र मुख्य भूमिका गर्ने अवसर पाए । 

    आर्थिक संकट

    खाजा खान र मोटरसाइकलमा पेट्रोल हाल्न श्रीमतीसँग दैनिक २ सय रुपैयाँ मागेर कलाकार बन्ने संघर्षमा हिड्न थाले, केदार । एकातर्फ भनेजस्तो भूमिका नपाउने र अर्कोतिर पारिश्रमिक पाउनै कठिन ।फेरि ‘सडक बढाउन’ भन्द्र सडक विभागले पसल खुम्च्याउन थालेको थियो । सडकको धुलोले गर्दा व्यापारसमेत घट्न थाल्यो । यही कारण केदार विस्तारै आर्थिक समस्यामा पर्दै गए । टिभीबाट सिरियल पनि आउन सकेका थिएनन् ।यही समय ‘मेरीबास्सै’बाट केदार र सीतारामलाई ‘स्क्रिप्ट’ लेखनसँगै अभिनयको प्रस्ताव आयो । यसमा पनि केदारले ‘माग्नेबूढा’को भूमिका गर्ने अवसर पाए । यतिबेलासम्म उनको पसल सडक विभागले भत्काइसकेको थियो ।त्यतिबेला करिब २० फिट लामो सटरको दुई कोठा लिएकाले बाहिरको कोठामा व्यापार व्यवसाय र भित्री कोठामा बस्ने गरेका थियौं,’ केदार भन्छन्, ‘कलंकी थानकोट सडक बढाउने क्रममा पटकपटक सडकले जग्गा अधिकरण गर्दा पलसको जग्गा अधिग्रहण हुँदा मेरो २० फिटको पसल र हामी बसेको कोठासमेत काटिएर पान पसलको घुम्टीसमेत राख्न नमिल्ने निकै सानो हुन गयो ।


    मेरी बास्सै’बाट नयाँ जीवन

    ‘मेरी बास्सै’ जनमानसमा भिज्न थाल्यो । यसपछि केदारको समग्र जीवनमै नयाँ मोड आयो । कमाइ राम्रो हुँदै गयो । देश–विदेशबाट ‘स्टेज सो’का लागि एकपछि अर्को ‘अफर’ आउन थाले । यहीबेला काठमाडौं कलंकी डेराबाट ललितपुर इमाडोल सरेका केदारले त्यहीँ घर बनाए । ‘मेरीबास्सै हिट भएपछि स्टेजको कमाइ, पहिलाको केही पैसा र बैंकबाट केही ऋण लिएर घर जोड्न सफल भएँ,’ उनी अतीत सम्झिँदै भने ।मेरी बास्सै’कै कारण ठूला पर्दाको ‘६ एकान ६’बाट केदार झनै चुलीमा पुगे । उ विनासकारी भूकम्प र त्यसपछिको नाकाबन्दीले चलचित्र उद्योग ठप्पै थियो । मुलुकको अर्थतन्त्र ओरालो लाग्यो । फिल्म तथा मनोरञ्जनका गतिविधि नहुँदा उनले लामो समय खाली बस्नुप¥यो । सीताराम कट्टेल ९धुर्मुस०सँग पनि जोडी टुटिसकेको थियो । धुमुर्सले भूकम्पपीडितलाई घर बनाउँदै मुसरबस्ती बनाउने सामाजिक अभियान अघि बढाइसकेका थिए ।

     

    प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - १४:२९:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको