Logo

मंगलवार, श्रावण १२ गते २०८३

चाडपर्व

चाडपर्व

जोईन खबर

८, कार्तिक २०७७
  • 3.0K
    SHARES
  • चाडपर्व

    -सपना सङ्घर्ष

    images
    चाडपर्व आउछन् 
    प्रदेशीको आखाँमा बस्छन्
    अनि आँखाहरुलाई भिजाउछन
    याद हरुका पोका दिएर जान्छन्
    जसोतसो चाडपर्व मनाउने कोसिस् 
    गरेका हुन्छन् प्रदेशीहरु
    आफ्नो सस्कार सस्कृति मनमा राखेर
    चाडपर्वमा आफ्नै आफ्नै तरिकामा 
    मनाउँछन् खुशीको थोरै अवसर ल्याएर
    आफ्नो गाउघर सम्झदै रमाइलो गर्ने
    अवसर मनमा राख्छन्
    कोही डाक्टर छन्
    कोही नर्स छन्
    बिरामीलाई खुशीको उर्जा दिँदै रमाउँछन
    वेटर हरु बिरामीलाई खाना दिँदै रमाउँछन
    सिक्युरिटी अनि क्लिनरहरु
    आफ्नै काममा रमाउछन्
     
    पेन्टरहरु नयाँ नयाँ रंग वालमा
    लगाउँदै रमाउँछन
    ड्राइभरहरु ड्राइभिङ गर्दै गित बजाउदै
    रमाउछन्
    बैज्ञानिकहरु खोज अनुसन्धान मा 
    रमाउछन्
    मजदुरहरु आफ्नो काममा पसिना चुहाएर 
    रमाउछन् 
    सैनिकहरु दुश्मनलाई हराउने काममा 
    रमाउछन् कलाकारहरुको हरु छुट्टाछुट्टै प्रतिभा शो गर्दै रमाउछन्
    यसरी आफ्नो जीवन लाई 
    खुशी बनाउँने अनि रमाउने गर्छन्
    नाम: सपना सङ्घर्ष
    ठेगाना: काठमाडौ मुलपानी
    हाल :युएई

    प्रकाशित मिति :कार्तिक ८, २०७७ शनिवार - ११:५५:२५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको