Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाली फुटबलका राष्ट्रिय खेलाडी कमल थापा मगर पनि अष्ट्रेलिया पलायन

नेपाली फुटबलका राष्ट्रिय खेलाडी कमल थापा मगर पनि अष्ट्रेलिया पलायन

जोईन खबर

२३, जेठ २०८०
  • 805
    SHARES
  • नेपाली फुटबलका राष्ट्रिय खेलाडी कमल   थापा मगर पनि अष्ट्रेलिया पलायन

    २३जेठ काठमाडौ । नेपाली फुटबलमा देखिएको अन्यौलता कै कारण एक पछि अर्को राष्ट्रिय खेलाडीहरुले विदेश पलायनको बाटो रोजिरहेका बेला त्यही सूचीमा अर्का अन्तर्राष्ट्रिय खेलाडी कमल थापा मगर पनि थपिएका छन् । जारी शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबका लागि १९ म्याच खेलिसकेका युवा मिडफिल्डर थापा सुनिश्चित भविष्य कै लागि मंगलबार अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनले पनि अष्ट्रेलिया एमेच्योर क्लबबाट फुटबल खेल्ने सम्भावना छ ।

    images

     प्रधानमन्त्री थ्री नेशन्स कप उपाधि जितेका थापा नेपाली टोलीका लागि उदाउँदा मिडफिल्डरका रुपमा परिचित थिए । उनको विदेश पलायनले पनि नेपाली फुटबललाई अर्को झट्का लागेको छ ।राष्ट्रिय फुटबल खेलाडीहरुले अष्ट्रेलियालाई नै मुखय गन्तव्य बनाएका छन् । अष्ट्रेलिया पुग्ने अन्तर्राष्ट्रिय खेलाडीहरुमा सुजल श्रेष्ठ, बिशाल राई, रन्जित धिमाल, अभिषेक रिजाल, सुमन लामा, तेज तामाङ, सुनिल बल, राजन गुरुङ, शिव गुरुङ, दिनेश राजवंशी लगायत थुप्रै खेलाडीहरु छन् ।

     

    प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - १७:१६:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको