Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपालले खेल्ने एसिया कप पाकिस्तान र श्रीलंकामा

नेपालले खेल्ने एसिया कप पाकिस्तान र श्रीलंकामा

जोईन खबर

३२, जेठ २०८०
  • 577
    SHARES
  • नेपालले खेल्ने एसिया कप पाकिस्तान र श्रीलंकामा

    ३२ जेठ काठमाडौ । नेपालले खेल्ने एसिया कप पाकिस्तान र श्रीलंकामा हुने पक्का भएको छ । एसियन क्रिकेट काउन्सिल एसिसीले बिहीबार एकदिवसीय एसिया कप २०२३ आगमी अगष्ट ३१ देखी १७ सेप्टेम्बरसम्म पाकिस्तान र श्रीलंकामा हुने पक्का भएको जनाएको छ। प्रतियोगिताका चार खेल पाकिस्तान र बाँकी ९ खेल श्रीलंकामा हुने एसिसीले जनाएको छ ।

    images

    भारत पाकिस्तान जाने नभएपछि श्रीलंकामा ९ खेल हुने भएका छन् । नेपालले भने पाकिस्तानसँगको खेल पाकिस्तानमै खेल्नेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।नेपालले घरेलु मैदान टियुमा एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको थियो ।

    भारत र पाकिस्तानबीचको आन्तरिक राजनीतक विवादको कारण एसिया कप अन्यौलमा परेको थियो ।तर पाकिस्तान र श्रीलंकामा हुने सहमती भएकोछ । आयोजक पाकिस्कतानमा भने मात्रै चार खेल हुनेछन् । हरेक समूहबाट शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । 

    प्रकाशित मिति :जेठ ३२, २०८० बिहिवार - १७:१२:२७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको