Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध ओडिआई खेल्द

नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध ओडिआई खेल्द

जोईन खबर

१, आषाढ २०८०
  • 709
    SHARES
  • नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध ओडिआई खेल्द

    १ असार काठमाडौ । नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध ओडिआई खेल खेल्दैछ । आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बावेसँग खेल्दैछ । नेपाल र जिम्बावेबीचको खेल आइतबार हरारे स्पोर्ट्स क्लबमा दिउँसो १२ ः ४५ मा खेल्नेछ ।

    images

    नेपालले २०१८ मा जिम्बावेमा आइसिसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा पपुवा न्युगिनीलाई हराउँदै ओडिआई मान्यता पाएको थियो । नेपालले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेको थियो ।नेपालले हालसम्म ५१ ओडिआई खेल खेलेको छ । सबै एसोसिएट टोलीविरुद्ध छन् । 

    नेपालले पपुवा न्युगिनीसँग १० ओडिआई खेल खेलेको छ । नेपालको पपुवा न्युगिनीविरुद्ध ८ मा जित र २ मा हार छ ।नेदरल्यान्ड्ससँग २ र ओमानसँग ७ ओडिआई खेल खेलेको छ । नामिबिया, स्कटल्यान्ड र अमेरिकासँग नेपालले समान ६–६ ओडिआई खेल खेलेको छ । नेपालले खेलेका ५१ ओडिआईमा २८ मा जित, २१ मा हार, एक खेल टाई र एक वर्षाको कारण नतिजा विहीन बनेको थियो ।नेपालले टि२० आईमा भने टेस्ट टोली जिम्बावे, आयरल्यान्ड र बंगलोदशसँग खेली सकेको छ । नेपालले विश्वकप छनोटमा दुई टेस्ट टोली जिम्बावे र वेस्टइन्डिजसँग खेल्ने पक्काछ ।

    नेपालको समूहमा जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स छन् । नेपालले वेस्टइन्डिजसँग भने २२ जुनमा खेल्नेछ । वेस्टइन्डिज नेपालले खेल्ने सबैभन्दा ठूलो टेस्ट टोली हुनेछ ।प्रतियोगिता असार ३ देखि २४ ९जुन १८ देखि जुलाई ९० सम्म जिम्बावेमा हुनेछ । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । नेपालले पहिलो खेल असार ३ मा ९जुन १८० मा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । 

    प्रकाशित मिति :आषाढ १, २०८० शुक्रवार - १६:५५:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको