४ असार काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रहरूको अनुगमन गर्नुहुने भएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोलीले सङ्खुवासभा र ताप्लेजुङको बाढी प्रभावित क्षेत्रको सोमबार अनुगमन गर्न लाग्नुभएको हो ।
टोली सङ्खुवासभाको तुम्लिङटार विमान स्थलमा हेलिकोप्टरमार्फत् सोमबार बिहान साढे ११ बजे पुग्ने समय तय भए पनि एक घण्टा ढिला गरी त्यसतर्फ जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।