४ असार काठमाडौ । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको आफ्नो पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग हार ब्यहोरेको नेपाल भोलि(मङ्गलबार) अमेरिकासँग खेल्दैछ।पछिल्ला खेलमा ब्याटिङमा निक्कै सुधारिएको नेपाल बलिङमा आक्रमक मानिन्छ।
विश्वमै चम्किएका नेपाली बलर तथा पूर्व कप्तान सन्दीप लामिछाने जिम्बावेसँगको खेलमा विकेटविहीन हुन पुगे। सन्दीप ३३ खेलपछि पहिलोपटक विकेटविहीन बने।नेपालले विश्वकप छनोटअन्तर्गत भोलि अमेरिकासँग खेल्ने कार्यतालिका रहेको छ।
खेल मध्यान्ह १२:४५ बजेदेखि जिम्बावेको तकछिङ्गा स्पोर्ट एकडेमीमा हुनेछ।नेपालसँग चिरपरिचित रहेको अमेरिका नेपालका लागि सहजै मानिएको टिम पछिल्ला ५ खेलहरूमा भने नेपाल र अमेरिकाले समान २/२ खेलमा जित हात पार्दा १ खेलमा भने समान नतिजासहित अङ्क बाँडेका थिए।सन् २०२० फेब्रुअरी २१ मा भएको खेलमा नेपाल २६८ बल बाँकी छँदै ८ विकेटले विजयी भएको थियो।२०२१ को सेप्टेम्बर १३ मा भएको खेलमा नेपाल ६ बल बाँकी रहँदै ५ विकेटले विजयी भएको थियो।त्यस्तै, २०२१ कै सेप्टेम्बर १७ मा भएको खेलमा अमेरिकाले नेपाललाई १२३ बाँकी रहँदै ६ विकेटले हराएको थियो।