७ असार काठमाडौ । आईसीसी विश्वकप छनोटमा एकदिवसीय खेलमा नेपालसंग भिडिरहेको वेस्टइन्डिजका कप्तान शाई होपले अर्धशतक प्रहार गरेका छन् । ७३ बलमा एक छक्का र ५ चौकाको मद्दतमा ५० रन पूरा गरेका छन् । होपले निकोलश पूरनसंग अर्धशतकीय साझेदारी समेत गरिसकेका छन् । वेस्टइन्डिजले २७ ओभरमा ३ विकेटको क्षतीमा १३१ रन बनाएको छ । नेपालका लागि सन्दीप लामिछाने,करण केसी र गुल्शन झाले एक एक विकेट लिए ।