Logo

बिहिवार, श्रावण १४ गते २०८३

आईसीसी विश्वकप छनोटमा वेस्टइन्डिजले दियो नेपाललाई ३४० रनको लक्ष्य

आईसीसी विश्वकप छनोटमा वेस्टइन्डिजले दियो नेपाललाई ३४० रनको लक्ष्य

जोईन खबर

७, आषाढ २०८०
  • 604
    SHARES
  • आईसीसी विश्वकप छनोटमा वेस्टइन्डिजले दियो नेपाललाई ३४० रनको लक्ष्य

    ७ असार काठमाडौ । आईसीसी  विश्वकप छनोटमा वेस्टइन्डिजले नेपाललाई दियो ३४० रनको  बिशाल लक्ष्य दिएको छ ।जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा  टस हारेर ब्याटिङ  गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा  ७ विकेटको क्षतीमा ३३९  रन  बनायो । 

    images

    जसमा  शाई होप र निकोलश पूरनले शतक प्रहार गरे ।  होपले १३२ र पूरनले ११५ रन बनाए । यि दुई ब्याटरबीच चौथो विकेटको लागि दुईसय १६ रनको साझेदारी पनि भएको थियो  ।

     एक समय ५५ रन जोड्दा  ३ विकेट गुमाएपछि धर्मराएको पारी होप र पूरनले सम्हालेका थिए । नेपालका लागि ललित राजवंशीले ३,सन्दीप लामिछाने, करण केसी,गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट हात पारे ।यस प्रतियाेगिताकाे  समूह ए मा रहेको नेपालले यसअघि नेपालले पहिलो खेल घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले गुमाएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।

    प्रकाशित मिति :आषाढ ७, २०८० बिहिवार - १६:४६:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको