Logo

बिहिवार, श्रावण १४ गते २०८३

आईसीसी विश्वकप छनोटमा नेपाल वेस्टइन्डिजसंग १०१ रनले पराजित

आईसीसी विश्वकप छनोटमा नेपाल वेस्टइन्डिजसंग १०१ रनले पराजित

जोईन खबर

७, आषाढ २०८०
  • 688
    SHARES
  • आईसीसी विश्वकप छनोटमा नेपाल वेस्टइन्डिजसंग १०१ रनले पराजित

    ७ असार काठमाडौ ।नेपाल वेस्टइन्डिजसंग १०१ रनले पराजित भएको छ । वेस्टइन्डिजले दिएको ३४० रनको लक्ष्य पन्छाएको  नेपाल ४९ दशमलब ४ ओभरमा २३८ रनमा समेटियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रन बनाए ।

    images

    गुल्शन झाले ४२, कप्तान रोहित पौडेलले ३०, करण केसीले २८,आसिफ शेखले २८, दीपेन्द्रसिंह ऐरीले २३,कुशल भुर्तेलले ५,भीम सार्कीले २, कुशल मल्लले २,सन्दीप लामिछानेले १ रन बनाए ।जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा  टस हारेर ब्याटिङ  गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा  ७ विकेटको क्षतीमा ३३९  रन  बनायो ।

    जसमा  शाई होप र निकोलश पूरनले शतक प्रहार गरे । होपले १३२ र पूरनले ११५ रन बनाए । दुई ब्याटरबीच चौथो विकेटको लागि दुईसय १६ रनको साझेदारी पनि भएको थियो  ।एक समय ५५ रन जोड्दा  ३ विकेट गुमाएपछि धर्मराएको पारी होप र पूरनले सम्हालेका थिए । नेपालका लागि ललित राजवंशीले ३,सन्दीप लामिछाने, करण केसी,गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट हात पारे ।नेपालको यो दोस्रो हार हो ।  यसअघि जिम्बाव्वेसंग ८ विकेटले पराजित भएको थियो ।

    प्रकाशित मिति :आषाढ ७, २०८० बिहिवार - २१:१७:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको